सवारी लाइसेन्सका लागि ७ वटै प्रदेशमा अनलाइन फारम

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । सरकारले सवारी लाइसेन्सका लागि ७ वटै प्रदेशमा अनलाइन फारम भर्न सकिने जनाएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले एक सूचना मार्फत सवारी चालक अनुमतिपत्रको फारम अनलाइनमार्फत भर्न सकिने जनाएको छ।

विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुला गरिनेछ।

आवेदनका लागि इच्छुकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ।

विभागले प्रकाशित गरेको सूचनामा ७ वटै प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारिकको नाम र सम्पर्क नम्बर दिइएको छ।

उक्त सूचनामा सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्स अन्तर्गतका यातायात कार्यालयहरुको माग बमोजिम खोलिने हुँदा सोकको जानकारीका लागि सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गर्न भनिएको छ।

यो पनि पढ्नुहोस

लाइसेन्सका लागि प्रदेशहरुमा कहिले खुल्छ अनलाइन फारम?


प्रतिक्रिया दिनुहोस्