युवतीसहित होटलमा भेटिएका कैलाली प्रहरीका डीएसपी निलम्बित

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । डिउटीको समयमा ‘युवती लिएर होटल’मा गएको आरोप लागेका कैलाली प्रहरीका एक नायव उपरीक्षक (डीएसपी) निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रमुख डीएसपी भरतराज चौधरीलाई निलम्वन गरेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको प्रमुख रहेका उनि डिउटि समयमा सम्पर्क विहीन भएपछि प्रदेश प्रहरी कार्यालयले जिल्लामा तानेर कार्वाही प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुंवरले डिएसपी चौधरीलाई निलम्वन गरेको पुष्टि गरे । चौधरीमाथि लागेका आरोपको छानबिन गर्न एसपी दिलिपसिह देउपाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ भने मालाखेतिमा नयाँ डिएसपी प्रेम शाहीलाई पठाइएको छ।

अघिल्लो साता डिउटीको समयमा १२ घन्टा सम्पर्क विहिन भएका निलम्बित डिएसपी चौधरीलाई कैलालीबाट खोजबिनकालागी गएको प्रहरी टोलीले बुढीतोलास्थित एक होटलमा भेटाएको थियो ।

प्रहरीको टोलीले उनलाई एक युवतीसहित बुढीतोलास्थित एक होटलमा फेला पारेको थियो ।


प्रतिक्रिया दिनुहोस्