३ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्दै रमेश प्रसाईं

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । समसामयिक विषयमा खरो विचार राख्ने नव गायक रमेश प्रसाईं वैवाहिब बन्धनमा बाँधिने भएका छन् ।

फरक क्षमताका प्रसाईंले काठमाडौंको कालिमाटीकी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

धरानका प्रसाईं यही मंसिर २२ गते परम्परागत रुपमा विवाह गर्न लागेका हुन् ।

काठमाडौंमा बालआश्रम चलाउँदै आएकी सिंह र प्रसाईं ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका बताइएको छ ।

दुवैजना दृष्टिविहीन हुन् । पछिल्लो समय प्रसाईंले गाएको ‘रिंकी बुङको राँगोलाई…’ बोलको गीत चर्चामा छन् ।


प्रतिक्रिया दिनुहोस्