आज प्रेमीका श्वेतासँग बिवाह गर्दै आदित्य

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


काठमाडौं । गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण आज बैवाहिक जीवनमा बाँधिदैछन् ।

उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गर्दैछन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् ।

यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो ।

कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ ।

जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्