आलियाले किनिन् रणवीर बसेकै अपार्टमेन्ट

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर प्रेममा छन् । उनीहरुले गतवर्ष आफ्नो सम्बन्ध सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

यी दुईको अब मनले मात्रै निकट छैनन्। बलिउड हंगामाअनुसार, आलियाले रणवीर बसेको अपार्टमेन्ट भवनमै करिब ५० करोड रूपैयाँको नयाँ फ्ल्याट किनेकी छन्।

आलियाले भारू ३२ करोडमा किनेको यो उनको तेस्रो घर हो। यसबाहेक मुम्बईको जुहु र लन्डनको कोभेन्ट गार्डेनमा उनका घर छन्।

यो नयाँ घर बान्द्राको वास्तु पाली हिल कम्प्लेक्समा छ, जहाँ रणवीर ७ औं तल्लामा बस्छन्। खबर अनुसार, आलियाले ५ औं तल्लाको फ्ल्याट लिएकी हुन्।

यसको इन्टेरियर डिजाइनिङका लागि आलियाले गौरी खानसँग सल्लाह र सहकार्य गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्