निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् मंसिर १४ देखि २० गतेसम्मको साप्ताहिक राशिफल

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


मेष – धन आर्जनको श्रोत खुल्ने एवम्आफन्तबाट धनको सहयोग मिल्नेछ । शैक्षिक एवम सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम मानसम्मानको योग देखिन्छ । बोली वचनले राम्रो प्रभाव पार्नेछ । भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ ।

वृष – मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिने एवम् मनोरञ्जनमा खर्च हुनेछ । व्यापारमा भने राम्रो आम्दानी हुनेछ । भोजभतेरमा सहभागिता मिल्ने एवम् माइती मावलीबाट धनको सहयोग मिल्नेछ । सवारी सुख एवं सुखसयलमा बढी मन जानेछ । प्रेममा प्रगति हुनेछ ।

मिथुन – यात्रामा समस्यापर्ने एवम सरसामान हराउन सक्नेछ । मानसिक चिन्ता बढ्नाले काम अधुरो रहनेछ । शैक्षिक क्षेत्र एवम् होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।यात्रामा धनको खर्च हुनेछ । अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम् पारिवारिक झमेला हुनेछ ।

कर्कट – सामान्य खर्च बढ्ने एवम् यात्रा कष्टकर हुनेछ । अनावश्यक विवाद निम्तिने तथा मातृपक्षको स्वास्थ्यमा समस्या आउनेछ । खानपिनको कारणले समस्या आउने तथा बोली वचनको कारणले मित्रता टुट्नेछ । व्यवसायबाट आम्दानी हुनेछ । महिलावर्गबाट सहयोग एवम् कृषि तथा होटल व्यवसायमा धन आर्जन हुनेछ ।

सिंह – पारिवारिक स्वास्थ्यमा भने समस्या आउने एवम् जीवन साथीसँगको सम्बन्ध सामान्य धमिलो हुनेछ । नयाँ काममा लगानी हुनेछ । नोकरी रोजगारीमा फाइदा मिल्नेछ । जागिरको सम्भावना प्रबल रहेको छ । आम्दानी बढ्ने एवम् कृषि, पशुचौपायाबाट राम्रो आम्दानी हुनेछ ।

कन्या – विदेशबाट फाइदा अधुरा काम सुचारु हुनेछ । राजनीतिक लाभ मिल्ने एवम् ठूलाबडाको साथ रहनेछ । आम्दानी बढ्नाले धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । थाती रहेको काम सुचारु हुनेछ । धार्मिक एवम परोपकार र सामुहिक कार्यमा संलग्नता बढ्नेछ ।

तुला – सन्तानको स्वास्थ्यमा गडबडी एवम् प्रेममा किचलो हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् बिगार्नेहरु अघि सर्नेछन् । साताको मध्यमा भने काममा प्रगति मिल्ने, विदेशबाट फाइदा हुने, सामाजिक एवम धार्मिक कार्यमा संलग्नता बढ्ने देखिन्छ ।

वृश्चिक– अपजस मिल्न सक्ने एवम् स्वास्थ्यमा गडबडी देखिन्छ । अध्ययन पक्ष कमजोर रहनेछ । अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

धनु – प्रतिस्पर्धा एवम् खेलकुदमा विजय मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् विपक्षीसँग जित मिल्नेछ । प्रेममा प्रगति एवम् वैवाहिक कुरा अघि बढ्नेछ । मनोरन्जनमा बढी ध्यान जानेछ । घरबाहिरको काममा प्रगति मिल्ने एवम् साझेदारी लगानीमा फाइदा आउन थाल्नेछ ।

मकर – सन्तानको सहयोग बढ्ने एवम् मातृपक्षबाट धनको सहयोग मिल्नेछ । होटल एवम् कृषि व्यवसायमा धनआर्जन हुनेछ । अचानक धनको सुख मिल्नेछ । कला संगीतको पाटो बलीयो एवम् आम्दामी मूलक रहनेछ । अध्ययनमा प्रगति देखिन्छ ।

कुम्भ – घरायसी सल्लाह नमिल्नाले आपसी विवाद बढ्नेछ । स्त्री पक्षसँग मनमुटाव एवम् व्यर्थ झगडा हुनेछ । चिसोको कारणले स्वास्थ्यमा बाधा आउनेछ । काममा झमेला आउने एवम् मानसिक चिन्ता थपिनेछ ।

मीन – छोटो यात्राको सुख मिल्नेछ । दाजुभाइ एवम् आफन्तबाट सहयोग तथा सद्भाव मिल्नेछ । साताको मध्यमा भने चिन्ता बढ्ने, स्वास्थ्यमा समस्या आउने एवम् घरायसी विवाद निम्तिनेछ । नयाँ योजनामा जोस जाँगर बढ्नेछ । कृषि एवम् पशुचौपायाबाट आम्दामी हुनेछ । विदेशको काम बन्ने एवम् आफन्तको सहयोगले धनको कारोबारमा सजिलो हुनेछ ।


प्रतिक्रिया दिनुहोस्