न्युयोर्कमा एक नेपाली डाक्टरको निधन

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । अमेरिकाको न्युयोर्कमा कार्यरत एक नेपाली चिकित्सकको निधन भएको छ।

न्युयोर्क रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा.रोशन झाको शुक्रबार हृदयघातका कारण निधन भएको हो।

बिहान बिरामीको उपचारमा रहेका उनको दिउसो अचानक निधन भएको हो।

धनुषाको देवपुरा घर भएका डा.झा सन् २०१८ देखि उक्त अस्पतालमा कार्यरत थिए। उनी श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका थिए।

उनीहरुको केहीबर्ष अगाडि नेपालमै विवाह भएको थियो।

श्वेता पनि मेडिकलको विद्यार्थी हुन। उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनमा अध्ययनरत छिन्।

श्रीमति श्वेता ठाकुरका साथमा रोशन झा

शुक्रबार बिहान बिरामीको चेकजाँच गरेका उनलाई दिउँसो अचानक हृदयघात भएको र त्यसलगत्तै निधन भएको बताइएको छ। कोरोना महामारीमा डा. झाले फ्रन्टलाइनमा रहेर बिरामीहरुको सेवा समेत गरेका थिए।

काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा रेजिडेन्ट कोर्सका लागि अमेरिका गएका थिए। डा. झाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए। उनले केही समय काठमाडौँका अल्का अस्पतालमा समेत काम गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्