इन्डोनेसियामा बलात्कारका आरोपीलाई कोर्रा हानियो, सजाय पाउँदा बेहोस भए

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


इन्डोनेसियामा एक १९ वर्षीय युवकलाई बलात्कारको घटनामा सजाय सुनाउँदै कोर्रा हानिएको छ।

एक बालिकामाथि बलात्कार गरेको आरोपमा ती युवकलाई सबैको अगाडि १४५ कोर्रा हानीएको छ। सजाय दिइँदा उनलाई निकै गाह्रो भएको थियो भने उनी त्यहाँ बेहोस समेत भए।

रोनी नामका ती व्यक्तिलाई त्यहाँको धार्मिक प्रहरीले सजाय दिएको इन्डोनेसियाली सञ्चार माध्यमले जनाएका छन्।

एक बालिकामाथि यौन शोषण गरेको आरोपमा उनी यसै वर्षको सुरुमा पक्राउ परेका थिए।

प्रकाउ पर्ने बित्तिकै उनलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको थियो। उनलाई १६९ कोर्रा सजाय तोकिएकोमा उनको स्वास्थ्य परिस्थितिलाई ध्यानमा राखी सजाय घटाईंदै १४६ कोर्रामा झारिएको थियो।

इन्डोनेशियामा यसअघि सेप्टेम्बर महिनाको सुरुमा पनि एक व्यक्तिलाई बालिकामाथि बलात्कार गरेको अभियोगमा दोषी ठहराइएको थियो।

सरिया कानून अनुसार उनलाई ५२ कोर्रा सजाय दिइएको थिययो। उनी पनि यो सजाय पाएपछि बेहोस भएका थिए।

कोर्रा सजाय दिइने इन्डोनेशियाको उक्त क्षेत्र त्यस्तो ठाँउ हो जहाँ सरिया कानून लागू छ।

उक्त क्षेत्रमा ५० लाख मानिसहरू बसोबास गर्ने गर्छन। जसमध्ये ९८ प्रतिशत मुस्लिम धर्म मान्नेहरु छन्।

२००१ मा इन्डोनेसियाको केन्द्रीय सरकारले यस क्षेत्रलाई स्वायत्तता दिएपछि त्यहा सरिया कानून यहाँ लागू गरिएको थियो।

उक्त क्षेत्रमा अवैध सम्बन्ध राख्ने महिला पुरुषमाथि पनि कोर्रा हानिने गरिएको छ। मावनअधिकारवादी संघसंगठनले सो कुराको विरोध गर्दै आएका छन्।-एजेन्सी


प्रतिक्रिया दिनुहोस्