छोरीलाई होटलमा लगेर अश्लिल भिडियो देखाएर बलात्कार गर्ने बाबु पक्राउ

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : २३


कास्की । कास्कीमा छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका छन् ।

१३ वर्षीया छोरीले अधिकारकर्मीलाई फोन गरेर बताएपछि घटना बाहिर आएको हो ।

बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

मंसिर ६ गते दिउँसो पोखरास्थित एक होटलमा लगेर

प्रहरी अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।

केही वर्ष अघिदेखि जबरजस्ती करणी गर्दै आएको थाहा पाएपछि पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीको आधारमा बालिकाको बाबुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्