नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : २५


नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

पेटसम्बन्धी समस्याका कारण उनी काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थायी कमिटी सदस्य पन्त बिहीबार अस्पताल भर्ना भएका हुन्।

पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्