भारती सिंहलाई ड्रग्स पुर्याउने सुनील पक्राउ, ‘डेलिभरी बोय’ को नाममा हुन्थ्यो सप्लाई

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ०५


काठमाडौं । कमेडियन भारती सिंह र हर्ष लिन्बाचियालाई ड्रग्स केसमा पक्राउ गरिएको थियो ।

उनको घरबाट एनसीबीले गाँजा बरामद गरेको थियो । सोधपुछको क्रममा उनीहरुले गाँजा प्रयोग गर्ने विषयलाई स्वीकार गरेका थिए ।

अहिले यस विषयमा भारती र हर्षले जमानत पाइसकेका छन् । तर एनसीबीको अनुसन्धान अझै जारी छ ।

बुधबार राती एनसीबीले एक ड्रग्स सप्लाई गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । जसले भारती लगायत अन्य मानिसहरुलाई ड्रग्स सप्लाई गर्दथ्यो ।

भारतीय मिडियाले जनाए अनुसार एनसीबीले मुम्बई बान्द्रा कार्ट जक्शनबाट बुधबार राती सुनील गवाई नामको सप्लायरलाई पक्राउ गरेको छ ।

उक्त व्यक्तिसँग १.२५० किलोग्राम ड्रग्स बरामद गरेको थियो । उसले ‘डेलिभरी बोय ’ को नाममा ड्रग्स सप्लाई गर्ने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्