युरोपा लिगः आर्सनल नकआउट चरणमा प्रवेश

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ५२


काठमाडौं । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।

समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो ।

आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्