यूईएफए युरोपा लिगः टोटेनहमको फराकिलो जित

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ४२


काठमाडौैं । यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको उत्कृष्ट प्रदर्शनमा टोटेनहम ४– ० ले विजयी भएको हो ।

खेलको १६औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

३४औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ६३औँ मिनेटमा ह्यारी विङ्क्सले गोल गर्दै अग्रता फराकिलो पारे ।

७३औँ मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले चार– शुन्य गोलको जित सुनिश्चित गरे । जितसँगै टोटेनहमले ९ अंक बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्