श्रीलङ्काले चिनियाँ कम्पनीको कोरोना खोप ल्याउने

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ९ : ३१


श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ ।

श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् ।

विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिएका हुन।

उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ ।

साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए।

सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउदा साथ जतिसक्दो छिटोे आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए।

खोप ल्याउनका लागि सरकारले विभिन्न समिति तथा उपसमितिहरू बनाएर जिम्मेवारी दिएको उनले बताए।

श्रीलङ्कामा अहिलेसम्म २१ हजार ४६९ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्