नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपतिको आग्रह

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ८ : ५८


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन।

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएकी भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई आज साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेका हुन।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए।

आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो।


प्रतिक्रिया दिनुहोस्