सामाजिक सञ्जालमा भाइरल भइरहेको परीक्षाबारेको सूचना गलत : बोर्ड

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ५४


काडमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा भाइरल भइरहेको परीक्षा सरेको सूचना गलत रहेको बताएको छ।

कक्षा–१२ को भौतिक विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको र पुनःपरीक्षा हुने भाइरल भइरहेको उक्त सूचनामा उल्लेख छ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले उक्त सूचना भ्रामक रहेको बताएका छन्।

प्रश्नपत्र नबाहिरिएको र परीक्षा नसरेको अध्यक्ष पौडेलले स्पष्ट पारे।

सामाजिक सञ्जालमा झुटको खेती भइरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

यस्तो छ इडिट गरि बनाइएको गलत सूचना

यस्तै सामाजिक सञ्जालमा भाइरल भइरहेको टिकटक भिडियोबारे पनि खोजी भइरहेको बोर्डले जनाएको छ।

उक्त भिडियोमा विद्यार्थीहरुले मोबाइलबाट चिट चोरीरहेको देख्न सकिन्छ। तर, उक्त भिडियो अहिलेकै हो वा कसैले भ्रम छर्न बनाएको हो भन्नेमा प्रष्ट हुन सकेको छैन।

बोर्डका अध्यक्ष पौडेलले कुन कलेजको हो भन्ने अहिलेसम्म केही थाहा पाउन नसकेकाले कसैले टिकटक बनाएर सामाजिक सञ्जालमा भाइरल गराएको हुनसक्ने बताए।


प्रतिक्रिया दिनुहोस्