जसपाका सांसदहरुले लगिसकेको दशैं भत्ता फिर्ता गर्ने

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : २१


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसदको दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै जसपाले सो जानकारी दिएको हो।

आज जारी विज्ञप्तिमा आफ्ना सांसदले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ।

जसपा केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै सबै सांसदलाई भत्ता फिर्ता गर्न आग्रह गरेका हुन्।

संसदमा जसपाका ३४ सांसद छन्।

जनता समाजवादी पार्टी, नेपालको २०७७ कात्तिक ३ र ४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्