विप्लवसँग पार्टी एकता गर्छौं : गोपाल किराँती

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : १४


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्न लागेको बताएका छन्।

आज (बिहीबार)रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष किराँतीले पार्टी एकताका लागि छलफल चलिरहेको र चाँडै एकता हुने बताए।

अध्यक्ष किराँतीले भने,’विप्लव नेकपासँग हामी छलफल गरिरहेका छौं। र छलफलको अन्तिम तिर हामी पुगेका छौं। केही महिनाभित्रै हामी एकता गर्छौं, त्यसलाई हामीले महाध्रुवीकरण भनेका छौं।’

विप्लव नेकपामाथि हाल सरकारले प्रतिबन्ध लगाएको छ। सरकारले तत्काल प्रतिबन्ध नहटाए पनि एकता हुने अध्यक्ष किराँतीले बताए।

त्यस्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी सँगपनि छलफल चलिरहेको उनले बताए।

यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं बैठक सम्पन्न भएको थियो।

उक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता किराँतीले आफ्नो पार्टीले “मुख्यतः रुपान्तरणमा जोड एवं महाध्रुवीकरण पहल” गर्ने निर्णय गरेको बताए।

देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको उनले बताएका छन्।

उनको पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

बैठकपछि जारी नेकपा माओवादी केन्द्रको विज्ञप्ति यस्तो छ

प्रेस विज्ञप्ति

मितिः ११/०८/०७७

पत्रकार साथीहरु,

“मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गर्दै नेकपा (माओवादी केन्द्र), केन्द्रीय समितिको छैठौं बैठक ०७७ मंसिर ८–१० गते काठमाडौमा बस्यो। बैठकका निर्णयहरु सार्वजानिक गर्न यो विज्ञप्ति जारी गरिएको छ।

१ देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो।

२ पार्टीको आन्तरिक कामतर्फ माओ दिवस पुस ११ गते समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरियो।

३ संगठन र कार्यविभाजन सम्बन्धी निर्णयहरु

षडयन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएकाछन्। त्यस उप्रान्त छैठौं बैठकले निम्नअनुसार पदपूर्ति र कार्यविभाजन गरेको छ।

क अध्यक्ष क.गोपाल किराती, उपाध्यक्ष क.विनोद उपाध्याय, महासचिव क.राजन तिमल्सिना, सचिवद्वय क.आलोक रायमाझी र क। विमल निरौला रहनु भएको छ। साथै, केन्दीय समिति र राजनितिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्सीय स्थायी समिति गठन गरिएको छ।

ख पूर्वी कामाण्डको इन्चार्ज क. विमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा क. नरेन्द्र कटुवाल तथा प्रदेश २ मा क.बब्लु ठाकुरलाई इन्चार्ज/संयोजक तोकिएको छ। मध्ये कमाण्डमा क. राजन तिमल्सिना इन्चार्ज र प्रदेश ३ मा क. मेघबहादुर खत्री तथा प्रदेश ४ कमाण्ड कार्यलयले हेर्ने। पश्चिम कमाण्ड क.आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ क.अवीन गोतामे तथा प्रदेश ७ क. कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने।

ग जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चा इन्चार्ज क. पासाङ मोक्तान, अनेमसंघ (क्रान्तिकारी) संयोजक क.बन्दना तामाङ, देजसा परिवार क.शाहस राई, प्रेस सेन्टर क.सुमन वाङदेल र किसान संघ क.आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ। अन्य जवस र वाइसिएलको नेतृत्व यथावत कायम छ।

घ केन्द्रीय कार्यलयले जारी गर्ने समय तालिका अनुसार पार्टी सदस्यता एकीन, नविकरण र वितरण गरी जिल्ला भेला र प्रदेश सम्मेलन हुदै राष्ट्रिय सम्मेलन प्रतिनिधि निर्वाचित गर्ने ।

अन्त्यमा, आम रुपमा माओवादी कम्युनिष्टहरु र विशेष रुपमा वैज्ञानिक समाजवादका लागि महाध्रूवीकरण अभियान संचालन गर्दै अघि बढ्ने निर्णयलाई जनसमुदायमाझ अवगत गराइदिनु हुन पत्रकार साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

(गोपाल किराती)   (राजन तिमल्सिना)
अध्यक्ष             महासचिव

 


प्रतिक्रिया दिनुहोस्