‘हामी कोरोना भाइरसविरुद्धको युद्दमा छौ, एक अर्का विरुद्ध होइन’

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १ : ०७


काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ‘भयंकर विभाजनको मौसम’ अन्त्यका लागि अपिल गरेका छन् ।

‘थ्याङ्गसगिभिङ्ग होलिडे’ का लागि दिएको सन्देशमा बाइडेनले अमेरिकीहरुको युद्ध ‘कोरोना भाइरससँग हो न कि एकअर्कासँग’ भनेका छन् ।

लाखौँ जीवन लिएको कोभिड–१९ ले पीडा र आक्रोश निम्त्याएको उनले बताए । उनले भने, ‘यसले हामीलाई विभाजित गरेको छ, आक्रोशित बनाएको छ, तर हामीले यो बिर्सनु हुँदैन कि हामी भाइरससँगको युद्धमा छौँ, एकअर्का विरुद्धको युद्धमा होइन ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले भनेका छन्, ‘तपाईँहरुले आफ्नो राष्ट्रपतिबाट जहिले पनि सत्य कुरा सुन्ने अधिकार छ भन्ने मेरो विश्वास हो । हामीले यो भाइरसको विकासलाई कमजोर बनाउनु पर्छ । डाक्टर, नर्स तथा अरु अग्रपंक्तिमा रहेर काम गर्नेहरुप्रति हाम्रो जिम्मेवारी हो यो… एकअर्काप्रतिको पनि जिम्मेवारी हो।’

कोरोना भाइरसको महामारीकाबिच थप जोखिम बढ्ने जाडो याममा देश प्रवेश गर्दै गर्दा बाइडेनले आपसी द्वेषलाई अन्त्य गरि गहिरो बनेको विभाजनलाई मेटाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्