घरेलु मैदानमा एटलान्टासँग लिभरपुल पराजित

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ८ : ४२


यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब एटलान्टासँग २-० ले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदान एनफिल्डमै पराजित भएको हो । एटलान्टालाई जित दिलाउन जोसेप इलिचिच र रोबिन गोसेन्सले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा जोसेपले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा रोबिनले गोल गर्दै एटलान्टालाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘डी’ को एटलान्टाले ७ अंक जोडेको छ । समूहको तेस्रो स्थानको एटलान्टाको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

घरेलु मैदानमा पराजित लिभरपुलले नकआउट चरणमा पुग्ने मौका गुमाएको छ ।

शीर्ष स्थानको लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा आयाक्सले मिद्त्जील्यान्डलाई ३-१ ले हराएको छ ।

आयाक्स ७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
मिद्त्जील्यान्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्