म्याराडोनाको मृत्युपछि पेलेले भने: एक दिन हामी आकाशमा बल खेल्ने छौँ

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ८ : ०६


काठमाडौं । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनले यतिबेला फुटबल क्षेत्र स्तब्ध छ ।

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्यारोडोनाको बुधबार हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विश्वभरबाट श्रदद्धाञ्जलि व्यक्त भइरहेका छन् ।

म्यारोडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले पनि श्रदान्जलि व्यक्त गरेका छन् ।

आफूले महान साथी गुमाएको बताउँदै ८० वर्षीय पेलेले एक दिन आकाशमा बल खेल्ने बताएका छन् ।

‘कस्तो दुःखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर, भगवानले उनको परिवारलाई बल दिउन,’ पेलेले लेखेका छन्, ‘एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्ने छौँ ।’


प्रतिक्रिया दिनुहोस्