दक्षिण भारतमा शक्तिशाली आँधीको त्रास, एक हजारभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ७ : ११


काठमाडौं । दक्षिण भारतको केही क्षेत्रमा शक्तिशाली आँधी आउँन सक्ने भन्दै एक हजारभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

तामिलनाडु र पुद्दुचेरीको केही इलाकामा लगातार ठूलो पानी पर्नुका साथै तिब्रगतिमा हावा पनि चलिरहेको भारतीय मौसम विभागले जनाएको छ । विभागले निवार नामको आँधीमा कारण भारी वर्षासहित तिब्रगतिमा हावा चलेको जानकारी दिएको हो ।

आँधीका कारण हुनसक्ने क्षतीलाई मध्यनजर गर्दै तामिलनाडु र पुद्दुचेरीबाट एक हजारभन्दा धेरै नागरिकलाई उनीहरुको घरबाट निकालेर सुरक्षित ठाउँमा सारिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

​तामिलनाडुको आपत् नियन्त्रण विभागले अझै केही घण्टा तिरुवन्नामलाई, विल्लुपुरम र कड्डलोरमा तिब्र गतिको हावासँगै भारी वर्षा हुनसक्ने भन्दै सुरक्षित बस्न स्थानीयलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्