विश्वविख्यात फुटबलर डिएगो म्यारोडनाको निधन

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ५४


काठमाडौं । विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन भएको छ ।

म्यारोडनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो।

हृदयघातको कारण उनको घरमै निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

म्याराडोनाको मस्तिष्कमा रगत जमेपछि केही साताअघि शल्यक्रिया गरिएको थियो। मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ।

अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका लागि ‘महत्वपूर्ण र महान’ खेलाडी थिए।

म्यारोडनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। अर्जेन्टिनाका लागि म्यारोडनाले १९७७ देखि १९९४ सम्म खेले।

उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए।

सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए।


प्रतिक्रिया दिनुहोस्