डा.प्रकाश चन्दको पहलमा प्रचण्डका पूर्व अंगरक्षकको उपचार

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ४०


काठमाडौं । तत्कालिन नेकपा माओवादी सर्वोच्च कमाण्डर एवं हालको सत्तारुढ दल नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व अंगरक्षक तुलबहादुर घर्ति ‘मुनाल’को चितवनमा उपचार सुरु भएको छ।

सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव ‘विप्लव’का छोरा डा.प्रकाश चन्दको पहलमा ‘मुनाल’को चितवनको भरतपुर अस्पतालमा उपचार सुरू भएको हो।

पक्षघातका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या आएको बताइएको छ। मुनाल पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङका हुन।

जनयुद्धका क्रममा प्रचण्डको सुरक्षामा रातदिन खटिएका मुनाल उपचारविहिन भएर घरमै सिकिस्त अवस्थामा भएको खबर केहिदिन अघि सार्वजनिक भएको थियो।

उपचार नपाएर छटपटिरहँदा कसैले सहयोग नगरेको परिवारको गुनासो थियो। उनको उपचारमा सहयोगका लागि भन्दै परिवारले सार्वजनिक अपील समेत गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्