पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ३९


काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ।

अहिले चितवनमा रहेका पूर्व युवराज शाहको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको टोली उनी बसेको होटलमै पुगेको छ।

मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो।

शाहको उपचारमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको छ।

उनी बिरामी रहेको खबर पाएपछि चिकित्सको टोली होटल पुगेको थियो। शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिनेछ।

उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने तयारी भएको छ। शाहमा यसअघि पनि मुटुसम्बन्धी समस्या देखिने गरेको थियो।

यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो।

शाह सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका थिए। उनी हाल नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस्