दीपक मनाङेकी श्रीमती मूर्ति चोरीको आरोपमा पक्राउ

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ५ : १०


मकवानपुर । गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे)की श्रीमती मूर्ति चोरीको आरोपमा पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा मकवानपुर प्रहरीले मनाङेकी श्रीमती डोल्मा लामालाई बुधबार पक्राउ गरेको हो।

मकवानपुरका एसपी सुशीलसिंह राठौरले लामालाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धानका लागि कास्की पठाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्