थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : २३


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ६९ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्