‘राजा आउ देश बचाउ’भन्दै जनकपुरमा शक्ति प्रदर्शन

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : २१


काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै बुधबार जनकपुरमा प्रदर्शन भएको छ।

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले र्‍याली निकालेको हो।

बुधबार जनकपुरधामस्थित रेल्वे स्टेशनबाट नेपाल राष्ट्रवादी समूह धनुषाले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा मोटरसाइकल जुलुस निकालेको हो।

उक्त मोटरसाइकल र्‍यालीले रेल्वे स्टेशनबाट भानु चोक, मुरली चोक, रामानन्द चोक, मुख्यमन्त्री कार्यालयको लगायतका क्षेत्रको परिक्रमा गरेको छ।

कोणसभामा बोल्दै सहभागीहरुले देशमा अब राजाको विकल्प नरहेको बताएका छन्।

पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजा आउ देश बचाउको नारा लगाएका हुन्।

 


प्रतिक्रिया दिनुहोस्