एमसिए नेपालका इन्जिनियरको कोरोनाबाट मृत्यु

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : ३३


काठमाडौं । एमसिए नेपालका प्रमुख इन्जिनियर सुरेश यादवको निधन भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यादवको निधनमा शोक व्यक्त गरेको छ।

एमसीए अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था हो।

यादवको कोरोना संक्रमणका कारण निधन भएको बताइएको छ।

दूतावासका अनुसार उनी एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर थिए।

राजदूत रेण्डी बेरीले इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्