बिल गेट्सलाई पछाडि पार्दै एलन मस्क बने विश्वका दोस्रो धनी

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : २१


एजेन्सी । प्रसिद्ध व्यवसायी एलन मस्क विश्वका दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। यस वर्ष उनले आफ्नो सम्पत्ति १००.३ अर्ब डलर बढाएर बिल गेट्सलाई पछाडि पार्न सफल भएका छन्।

४९ बर्षीय एलन मस्कले अहिलेसम्म ८ कम्पनी खोलका छन्। स्पेस एक्स र टेस्ला जस्ता अत्यधिक लोकप्रिय कम्पनीहरूका सीईओ हुन मस्क।

आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि मस्कको व्यक्तिगत धन १२८ अर्ब डलर पुगेको बताइएको छ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस अहिले पनि विश्वका सबैभन्दा धनाढ्य व्यक्ति नै हुन्। बेजोसको सम्पत्ति १८२ अर्ब डलरभन्दा बढी भएको बताइएको छ।

मस्क भने विश्वको ३५ औं धनाढ्य सूचीबाट एकैपटक विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्।

पछिल्लो समय टेस्लाको सेयरमा भारी वृद्धि भएको बताइएको छ।

को हुन एलन मस्क?

एलन मस्को जन्म दक्षिण अफ्रिकामा भएको थियो। उनी १७ बर्षको उमेरमा क्यानडा गएका थिए। ग्रन्ज वेबसाइटको रिपोर्ट अनुसार एलन सानैदेखी नै निकै आत्मदर्शी थिए। उनी दिउसै सपना देख्ने गर्थे।

उनकी आमाले एउटा अन्तर्वार्तामा भनेकी छन्,’एलन धेरै पटक आफ्नै संसारमा हराउने गर्थे र वरिपरिको बारे वास्तै गर्थेनन्। पहिले त म निकै निराश हुने गर्थें तर अब म उसलाई एक्लै छोडछु किनकि मलाई थाहा छ उसले आफ्नो दिमागमा रकेट डिजाइन गरिरहेको छ।’

एलनकी आमा मोडेल हुन। एलनको आफ्नो आमा-बुबासँग धेरै माया-घृणाको सम्बन्धमा रह्यो। एलनका बुबाले उनका सपनाहरूलाई कहिल्यै सहयोग गरेनन्।

एलनले भन्ने गर्छन ‘बाल्यकाल समस्याहरूले भरिएको थियो’। धेरै पटक उनले आफ्ना बुबासँग बोलचाल बन्द गरेका थिए।

रिपोर्टका अनुसार एलनले ९/१० बर्षको उमेरदेखि नै कम्प्युटर प्रोग्रामिंग सिक्न सुरू गरेका थिए। उनले सानैमा स्पेस थीममा आधारित एक कम्युटर गेम बनाए।

जसलाई एउटा कम्पुटर म्यागाजिनले ५ सय डलरमा किन्यो। उक्त गेमको नाम थियो ‘ब्लास्टर’। यो गेम आज पनि अनलानमा खेलिन्छ। एलनको बाल्यकालको धेरै समय किताबहरुसँग बित्यो। उनी १० औं घण्टा सम्म किताब पढ्दै रमाउँने गर्थे। उनी ‘साइन्स फिक्सन’ उपन्यासहरु पढ्न रुचाउँथे।

एलन बाल्यवस्थामा अन्य विद्यार्थीको बुलिंगको सिकार हुन्थे। एक पटक केही केटाहरूले उनलाई सीढीबाट तल झारिदिएका थिए। जसका कारण उनी अस्पताल भर्ना थए। अवस्था यस्तो थियो की उनको ज्याननै जान सक्यो। त्यसैले उनले १८ वर्षको उमेरमानै कराँते र जुडोको ट्रेनिंग पनि लिए।

एलन मस्क दक्षिण अफ्रिकामा रहेर सेनामा भर्ती हुन चाहन्थेनन्, त्यसकारण उनी क्यानाडा आए। उनी स्टानफोर्ड विश्वविद्यालयमा पीएचडी गर्न गए, तर उनी यस विश्वविद्यालयबाट दुई दिनमै फर्किए।

त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरे कम्पनी खोलेर। उनको पहिलो कम्पनी थियो जिप-२। जसले अनलाइन अखबारहरूलाई नक्शा र व्यवसाय निर्देशिकाहरू प्रदान गर्ने गर्छ। उनले पछि १९९९ मा यस कम्पनीलाई ३०७ मिलियन डलरमा बेचे र उनी २८ वर्षको उमेरमै करोडपति बनेका थिए।

चर्चित हलिवुड फिल्म ‘आइरनम्यान’ एलन मस्ककै जिवनबाट प्रेरित चलचित्र हो। आयरनम्यान-२ का केही दृश्यहरू मस्कको कम्पनी स्पेस एक्समा पनि चित्रित गरिएको छ। एलनले पनि यस फिल्ममा भूमिका खेलेका छन्।

मस्क अहिलेसम्म आठ कम्पनीहरुको संस्थापक हुन सफल भएका छन्। स्पेस एक्स, टेस्ला, हाइपरलुप र बोरिंग कम्पनी जस्ता कम्पनीहरुका उनी संस्थापक हुन। उननका ५ वटा छोरा छन्। सबै छोराका उनले अनौठो नाम राखेका छन्।

 

 

 

 


प्रतिक्रिया दिनुहोस्