आफ्नै श्रीमतीमाथि बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : १९


गुलरीया । आफ्नै श्रीमतीमाथि जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा बर्दिया प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पीडित महिलाको जाहेरीपछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढका ४४ वर्षीय पुरुष छन् ।

ती पुरुषले ४१ वर्षकी आफ्नी श्रीमतीलाई कुटपिट गर्नुका साथै बलात्कार समेत गरेको आरोप लागेको छ ।

पीडित महिलाको उजुरी पछि इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्