बुधबार पनि तोलामा १००० रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ३४


काठमाडौं । नेपाली बजारमा बुधबार पनि पहेँलो धातु (सुनको मूल्य) तोलामा १ हजार रुपैयाँले घटेको छ ।

अघिल्लो दिन मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पुनः १ हजार रुपैयाँ घटेको हो ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार छ ।

मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार थियो ।

यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँ घटेर १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्