बेपत्ता भएका भनिएका डीएसपी जब होटलमा भेटिए…

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ०४


धनगढी । केही हप्ता अगाडि सीमा क्षेत्रमा गस्तीमा खटिएका सुरक्षाकर्मी (प्रहरी)को तस्करको समूहले गस्ती ग¥यो ।

तस्करको समूहद्वारा प्रहरी कर्मचारीको हत्या भएपछि प्रहरी कर्मचारीलाई एक्लै कतै नजान जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मातहत निकायमा निर्देशन नै जारी गरे ।

व्यक्तिगत कामका लागि जाँदा समेत विदा स्वीकृत गराइ सुरक्षाबारे तालुक निकायमा मात्रै जान भनिएको थियो । तर, कैलालीकै माखालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी भरतबहादुर चौधरी मंगलबार रातिदेखि एका–एक सम्पर्कविहीन भए ।

आफू कार्यरत कार्यालय र माथिल्लो निकाय जिल्ला प्रहरी कार्यालयमा पनि डीएसपी चौधरी कहाँ गए भन्ने कुनै सूचना थिएन ।

शंकास्पद रुपमा बेपत्ता भएपछि मंगलबार रातिदेखि नै प्रहरीले डीएसपी चौधरीको खोजी शुरु गर्‍यो ।

रातिदेखि खोजीमा खटिएको प्रहरीको टोलीले बुधबार बिहान मात्रै उनको अवस्था पत्ता लगायो । बेपत्ता भएका भनिएका डीएसपी चौधरी जिल्लाकै बुढीतोला–खानीडाँडा क्षेत्रको एक होटलमा भेटिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुप शम्शेर जबराले डीएसपी चौधरीको खोजी गर्ने क्रममा होटलमा भेटिएको भन्ने जानकारी प्राप्त भएको बताए ।

‘डीएसपी चौधरी होटलमा भेटिएको भन्ने जानकारी आएको छ,’ एसपी जबराले भने, ‘त्यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस्