मेसीको रेकर्डमा रोनाल्डोको बराबरी

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ११ : ४९


काठमाडौं । पोचुर्गिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले अर्जेन्टाईन एलियन लियोनल मेसीको रेकर्ड बराबरी गरेका छन् ।

गएराति सम्पन्न च्याम्पियन्स लिग अन्तरगतको समूहचरणको खेलमा युभेन्टस फ्रेन्चभारोस विरुद्ध घरेलु मैदानमा उत्रिएको थियो । रोनाल्डोले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै मेसीको च्याम्पियन्स लिगमा घरेलु मैदानमा ७० गोल गर्ने रेकर्ड बराबरी गरेका हुन् ।

१९ औं मिनेटमा मेर्टो उजुनीको गोलबाट पछि परेको आन्द्रेश पिर्लोको घरेलु टोलीलाई १६ मिनेटपछि रोनाल्डोले बराबरीमा ल्याउदा उनी मेसीको रेकर्डसँग बराबरीमा पुगेका हुन् । कोरोना संक्रमणका कारण केही समय मैदान बाहिर परेर समूहचरणका २ खेल गुमाएका रोनाल्डोको यो सिजन च्याम्पियन्स लिगमा यो नै पहिलो गोल हो ।

सिरि ए मा भने ५ खेलबाट ८ गोल गर्दै ३५ वर्षीय रोनाल्डोले नयाँ सिजन शसक्त हुने संकेत गरेका छन् । समग्रमा च्याम्पियन्स लिगमा १ सय ७२ खेल खेलेका रोनाल्डोले गोल संख्या १ सय ३१ पुर्याएका छन् । विश्व वर्ष खेलाडीको रेकर्डमा भने रोनाल्डो मेसी भन्दा पछि छन् ।

मेसीले ६ पटक बालोन डि ओर जिनेका छन् भने रोनाल्डोले ५ पटक । त्यस बाहेक दुई उत्कृष्ट खेलाडीका बीचमा प्रशस्त रेकर्डहरु बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्