फेसबूकमा प्रहरीलाई गाली गरेको भन्दै २० वर्षीय युवक पक्राउ

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ५८


स्याङ्जा । सामाजिक सञ्जाल फेसबूकमा प्रहरीलाई गाली गरेको भन्दै स्याङ्जामा एक युवक पक्राउ परेका छन् ।

फेसबूकमार्फत प्रहरीलाई अश्लील शब्दमा गाली गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २० वर्षीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ घर भएका २० वर्षीय निशान थापा क्षेत्री छन् ।

प्रहरीलाई अश्लील भाषा प्रयोग गरी गालीगलौज गर्ने तथा कानून कार्यान्वयनमा नै चुनौती दिने गरेको भन्दै प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्