भारतीय कलाकार विश्वमोहन बडोलाको निधन

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ११ : २८


काठमाडौं । भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ ।

उनका छोरा बरुण र पत्नी राजेश्वरी सचदेव बडोलाले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर सार्वजनिक गरेका हुन् ।

बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । यसको अलवा उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्