आज पहाडि क्षेत्रमा छिटफुट वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५७


काठमाडौं । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने देखिएको हो । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ र अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्