पदसँग राजधानी साटेको भन्दै विष्णु पौडेललाई बुटवलमा देखाइयो कालो झन्डा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : २७


काठमाडौं । पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई नेपाली कांग्रेसका कार्यकर्ताले बुटवलमा कालो झन्डा देखाएका छन् ।

विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुन रूपन्देही पुगेका अर्थमन्त्री पौडेललाई आज बिहान कांग्रेस कार्यकर्ताले सडकमा कालो झन्डा देखाका हुन् ।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले तिनाउ पुल नजिकै उनलाई कालो झन्डा देखाएका थिए ।

करिब एक वर्षपछि हिंजो बुटवल पुगेका अर्थमन्त्री पौडेलले पदसँग राजधानी साटेको भन्दै उनलाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्