नेइमारको गोलले पिएसजीलाई जितायोे

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : २४


काठमाडौं । नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो ।

आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।


प्रतिक्रिया दिनुहोस्