भारत सरकारले लगायो थप ४३ वटा एप्समाथि प्रतिबन्ध

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ३३


काठमाडौं । भारत सरकारले थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ।यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा स्पलायर्स, अलिबाबा वर्क बेन्च आदि छन् ।

भारत सरकार इलेक्ट्रोनिक्स एन्ड सूचना प्रविधि मन्त्रालयले सेक्सन ६९ ए प्रयोग गरेर ती एप्समा प्रतिबन्ध लगाएको हो । ती एप्सबाट भारतको स्वायत्तता र सुरक्षामा खतरा पुग्न सक्ने भन्दै प्रतिबन्ध लगाइएको मन्त्रालयले बताएको छ ।

यसअघि गत जुनमा पनि भारतले ५९ वटा चिनियाँ एप्सका प्रतिबन्ध लगाएको थियो। त्यसपछि लगत्तै थप ४७ एप्स प्रतिबन्धमा परेका थिए । फेरि सेप्टेम्बरमा पबजी समेत ११८ वटा चिनियाँ एप्समा प्रतिबन्ध लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्