अमेरिकामा एकैदिन एक लाख ६९ हजार बढीमा कोरोना संक्रमण, २१ सय ४८ जनाको मृत्यु

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ०८


काठमाडौं । अमेरिकामा एकैदिन एक लाख ६९ हजार ४ सय ७२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २९ लाख ४९ हजार ४ सय ३२ जना पुगेको छ ।

त्यस्तै अमेरिकामा एकैदिन २१ सय ४८ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६५ हजार ८ सय ५३ पुगेको छ ।

त्यस्तै अमेरिकामा ७६ लाख १६ हजार १ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्