बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वका दोस्रा धनी व्यक्ति

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ०७


बिल गेट्सलाई उछिन्दै एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो ।

यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ । गत जनवरीमा ब्लूमबर्गको पाँचसय सबैभन्दा धनी मानिसको सूचीमा मस्क ३५ औं स्थानमा थिए ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ रहेका मस्क सबैभन्दा धनी मानिसको सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि छन् ।

बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् ।

उनको समग्र सम्पत्ति एक खर्ब २७ अर्ब ७० करोड डलर छ । यद्यपि उनले अहिलेसम्म ५० अर्ब डलर दान गरिसकेका छन् । उनले अधिकांश रकम आफ्नो बिल एण्ड मेलिण्ड गेट्स फाउण्डेसनबाट खान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्