सहरी विकास मन्त्री भन्छन्– सरकार ५ वर्षसम्म ढुक्कले चल्छ

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ५१


विराटनगर । संघीय सरकारका सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार ५ वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन् ।

विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै उनले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुने बताए ।

मन्त्री श्रेष्ठले मुुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने बताए ।


प्रतिक्रिया दिनुहोस्