घरभित्रको दराजमा पेस्तोल लुकाएर राख्ने १ जना वीरगन्जबाट पक्राउ

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ३०


वीरगन्ज । घरको दराजभित्र लुकाएर राखिएको पेस्तोल र मानिसलाई बेहोस् बनाउन प्रयोग गरिने ‘औषधि’सहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–११ दूर्गा टोलबाट १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका वडा नम्बर १० सुदामा घर भइ वीरगन्ज महानगरपालिका–११ दूर्गा टोलमा बस्दै आएका ४९ वर्षीय जितेन्द्र प्रसाद सिंह छन् ।

विशेष सूचनाको आधारमा घर खानतलासी गर्न गएको टोलीले सिंहले घरको दराजको सेफ भित्र लुकाएर राखेको अवस्थामा ७.५५ एमएमको ४ राउण्ड गोली लोड गरिएको म्यागजिन १ जान, पेस्तोल १ थान मानिसलाई बेहोस पार्न प्रयोग गरिने एनेस्थेसिक एथर आईपी ५०० मिलिको १ बोत्तल बरामद गरेको हो ।


प्रतिक्रिया दिनुहोस्