‘डब्लुडब्लुई’बाट बिदा भए अन्डरटेकर

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : ५२


काठमाडौं । डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले सन्यास लिएका छन् । करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले आइतबारको अन्तिम खेलसँगै सन्यासको घोषणा गरेका हुन् ।

डब्लुडब्लुईको अन्तिम खेलमा उनले सर्भाइभल सिरिज खेलेका छन् ।

डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका हुन् । अन्डरटेकरले सन्यास लिएको घोषणा गर्दैगर्दा म्याकमहान केही भावुक समेत भएका थिए ।

सन्यासको घोषणा गर्दै म्याकमहानले भने, ‘आज एउटा युगको अन्त्य भएको छ । यो इतिहास अब दोहोरिने छैन । अन्डरटेकरको इतिहास कसैले खोस्न सक्दैन ।’

अन्डरटेकरको बिदाइका लागि रिङ पनि सजाइएको थियो । अन्डरटेकर रिङमा गएर ‘रेस्लिङ करियरमा आफ्नो समय सकियो’मात्रै भनेका थिए । उनले २०१३ मा निधन भएका अर्का रेस्लर पाउन वियरको आत्म शान्तिको कामना पनि गरेका थिए ।

अन्डरटेकरले सन्यास लिएसँगै धेरै रेस्लरहरूले उनको सुखद भविष्यको कामना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्