कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : ३२


विराटनगर । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बलका १ जना निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर) नवीन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो ।

सशस्त्र प्रहरी वल नम्बर ३ गण मोरङमा दरबन्दी रहेका बुढाथोकीलाई त्यहिँ कार्यरत रहँदा गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार बुढाथोकीलाई शुरुमा टाइफाइड जरो देखिएको थियो । टाइफाइडको उपचारकालागी भर्ना भएकोमा पछि कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

तेह्थुमको म्याग्लुङ नगरपालिका–१ स्थायी ठेगाना भएका बुढाथोकी इमान्दार, मिलसार र मेहनती थिए ।


प्रतिक्रिया दिनुहोस्