विदेशबाट फर्केका श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


दमक । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका भण्डारीले आज (आइतबार)अपराह्न कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको आफ्नै जमिनमा खेती गर्न गएका बेला हत्या गरेका हुन्।

उनले प्रहार गरेको खुकुरीबाट स्थानीय एक युवकसमेत घाइते भएका छन। ती युवक उनकै श्रीमतीसँग गएका थिए।

अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ। भण्डारीले विदेशमा रहेको बेला कमाएर पठाएको रकम श्रीमतीले हिनामिना गरी परपुरुषसँग लागेको आशंकामा हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस्