जापानमा कोरोना सङ्क्रमण एक्कासि बढ्न थाल्यो

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


जापानमा पछिल्लो समय कोरोना सङ्क्रमण ह्वातै बढेको छ । विश्वको तुलनामा कोरोनाको सङ्क्रमण र मृत्यु दर कम भएको मानिएको जापानमा एक्कासि सङ्क्रमण बढेको पाइएको छ ।


विशेष गरी टोकियोमा कोभिड १९को प्रभाव बढ्न थाले पछि आन्तरिक हिँडडुलमा कडाइ गरिएको छ । पछिल्लो रेकर्ड अनुसार जापानमा शनिवार मात्र करिब २४०० जनामा थप सङ्क्रमण देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्