पोखरा ईन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल गुरुङको निधन

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


कास्की । पोखरा ईन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल ई.लेखबहादुर गुरुङको शनिवार निधन भएको छ।

शिक्षाविद् समेत रहेका गुरुङको आज दिउँसो २ बजे उपचारको क्रममा  निधन भएको हो।

कार्तिक २५ गते उच्च रक्तचापका कारण कलेज प्राङ्गणमा अचानक बेहोस भएका उनलाई काठमाडौं ल्याइएको थियो।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत रहेकोमा आज दिउँसो करिब २ बजे भएको उनको निधन भएको हो।

गुरुङको असामयिक निधनले कलेज परिवारलाई स्तब्ध बनाएको सो कलेजले जनाएको छ।

उनको निधनमा भोलिबाट सञ्चालन हुने भनिएको अनलाइन कक्षाहरू मंसिर ११ गतेसम्मको लागि स्थगन गरिएको र भोलि बिहान १० बजे कलेज प्राङ्गणमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि राखिने पोखरा इन्जिनियरिङ कलेजले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्