काबुलमा रकेट आक्रमण, ८ जनाको मृत्यु, दर्जनौ घाइते

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ। गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्